चित्तवन २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा



 

मनहरि । जारी बागमती प्रदेश दोस्रो खेलकुद प्रतियोगिताअन्तर्गत बुधबारसम्ममा सबैभन्दा बढी चितवन जिल्लाले २१ स्वर्ण, १८ रजत र १८ कास्यसहित च्याम्पियन बन्न सफल भएको छ । दोस्रो स्थानमा काठमाडौँ १९ स्वर्णपदक, १४ कास्यपदक र १४ रजत पदकसहित दोस्रोमा आउन सफल भएको हो ।

यसैगरी तेस्रो स्थानमा भक्तपुर आउन सफल भएको छ । भक्तपुरले नौ स्वर्णपदक, १० रजतपदक र नौ कास्यपदक  जित्न सफल भएको छ । यस्तै सिन्धुपाल्चोकले नौ स्वर्ण, चार रजत र १० कास्य जितेको छ । रामेछापले भने सात स्वर्ण, आठ कास्य र १५ रजत जित्न सफल भएको छ ।

प्रदेश राजधानी मकवानपुरले आठ स्वर्ण, चार रजत र ११ कास्य जितेको छ । दोलखा जिल्लाले भने तीन स्वर्ण, नौ रजत र आठ कास्य प्राप्त गरेको छ । त्यसैगरी नुवाकोटले छ स्वर्ण, पाँच रजत र १३ कास्य ल्याउँदा काभ्रेले ११ स्वर्ण, नौ रजत र १२ कास्य ल्याउन सफल भएको छ ।

ललितपुर जिल्लाले आठ स्वर्ण, ११ रजत र १७ कास्यपदक जित्न सफल भएको छ भने सिन्धुलीले एक स्वर्ण, चार रजत र चार कास्य जित्न सफल भएको छ । धादिङले अहिलेसम्म कुनै स्वर्णपदक जित्न सफल भएको छैन । उक्त जिल्ला पाँच रजत र सात कास्यपदकमा सीमित छ । रसुवाले पनि अहिलेसम्म कुनै स्वर्णपदक जित्न सफल भएको छैन । रसुवाले एक रजतसहित चार कास्यपदक मात्र जित्न सफल भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्

स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ

हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

  काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा