नेपाल र वेस्ट इन्डिज एउटै समूहमा



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा परेका छन् । वेस्ट इन्डिज दुई पटकको विश्व कप विजेता हो ।

मङ्गलबार आईसीसीले विश्वकप छनोटको समूह विभाजन गरेको हो । समूह ’ए’ मा नेपाल र वेस्ट इन्डिजसँगै, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् ।

नेपाले पहिलो खेल असार ३ गते जिम्बावेसँग, दोस्रो खेल असार ५ गते अमेरिकासँग, तेस्रो खेल असार ७ गते वेस्ट इन्डिजसँग र चौथो खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।

छनोटअघि नेपालले दुई खेलको वार्म–अप खेल्नेछ । नेपालले जेठ ३० गते यूएईसँग र जेठ ३२ गते ओमानसँग खेल्नेछ । समूहको शीर्ष ३ मा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ । सुपर सिक्स चरणबाट शीर्ष २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् । फाइनल पुग्ने २ टोलीले आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्व कपका लागि छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ए डिभिजन लिगमा फ्रेन्ड्स विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

गण्डकी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको

सूर्य नेपाल गल्फमा सद्भावलाई दुई स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर

एसियन कप छनोटमा नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत बिहीबार भएको खेलमा