बार्सिलोनालाई ला लिगाको उपाधि



काठमाडौं । चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले उपाधि उचालेको छ । गएराति घरेलु मैदानमा रियाल सोसिडाडसँग १–२ गोलको नतिजामा पराजित भए पनि अंक तालिकाको आधारमा बार्सिलोनाले उपाधी उचालेको हो ।

घरेलु मैदानमा भएको खेलमा बासिलोना रियल सोसिडाडसँग २–१ ले पराजित भएपछि उसका समर्थकले एकलौटी विजयको उल्लास भने मनाउन पाएनन् । यद्धपी, उसले उपाधिमा बाजी मारेर आफनो जितमा भने सेलिब्रेसन गरेको छ ।

खेल सुरु भएको ५ र्औं पाँचौं मिनेटमा मिकेल मेरिनोले गरेको गोलसँगै पाहुना टिम सोसिडाडले अग्रता लिन सुरु गरेको थियो । र, पहिलो हाफ १–० मा नै टुंगियो । घरेलु टिम बार्सिलोना माथि दबाब बढाएको सोसिडाडका लागि ७२ औं मिनेटमा अलेजेन्डर सोर्लोथले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे पछि बार्सिलोना थप दबाबमा पर्न गयो ।

तर, निर्धारित समयको अन्तिम मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काए पछि बार्सिलोनाले गोलरहित पराजय भने भोग्नु परेन । अन्ततः खेल २–१ मा टुंगिदै बार्सिलानाले उपाधी जीतमा सेलिब्रेसन गर्ने राहात पायो । तर, बार्सिलोना ८५ अंक जोडेर ला लिगाको च्याम्पियन बन्न सफल हुन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको