मछिन्द्रद्वारा खुमलटार पराजित



काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रले खुमलटार फुटबल क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन अफिज ओलाओलेले दुई तथा आन्द्रेश नियाले एक गोल गरेका हुन् । मछिन्द्रले खेलको ४१ औं मिनेटमा अग्रता बनायो ।

उसका लागि आन्द्रेश नियाले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा थप दुई गोल गर्यो । मछिन्द्रका लागि अफिज ओलाओलेले खेलको ७७ औं र ८३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै मछिन्द्रले १८ खेलबाट ३० अंक जोड्दै तेस्रो स्थानमा यथावत रहेको छ । खुमलटार भने १८ खेलबाट १७ अंक जोड्दै तालिको पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी