जावलाखेल र मनाङ दुई-दुई गोलको बराबरीमा



काठमाडौं । ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको जावलाखेल मनाङसँग बराबरीमा रोकिएको छ । आइतबार च्यासल मैदानमा भएको खेलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल मनाङसँग बराबरीमा रोकिएको हो ।

जावलाखेलका लागि एनकोटो मासोबी र हिशुफ थपलियाले एक एक गोल गर्दा मनाङका लागि विशोङ्ग गुरुङ र सुमित श्रेष्ठले एक एक गोल गरेका थिए । एनकोटो मासोबीले खेलको ३४ औं मिनेटमा जावलाखेललाई अग्रता दिलाए । उनले विनोद केसीले मैदानको बीच भागबाट उपलब्ध गराएको पासमा गोल गरेका हुन् ।

खेलको ६१ औं मिनेटमा मनाङको बराबरी गर्ने मौकालाई जावलाखेलका गोलरक्षक अनिश देउलाले विफल पारिदिए । त्यसको अर्को मिनेटमा नै मनाङका निराजन धामीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । खेलको ६९ औं मिनेटमा मनाङले बराबरीको अवसरलाई गुमाएको छ । मनाङका विशोङ्ग गुरुङको कर्नरमा कोफि कौडोको हेडरलाई जावलाखेलका अनिश देउलाले पञ्च गर्दै विफल पारी दिए । खेलको ७५ औं मिनेटमा जावलाखेलले अग्रतालाई दोब्बर बनायो ।

फोडे फोफानाको पासमा हिशुफ थपलियाले गोल गरेका हुन् । खेलको ८१ औं मिनेटमा मनाङले गोल गर्दै खेलमा फर्कने प्रयास गरेको छ । उसका लागि विशोङ्ग गुरुङले गोल गरेका थिए । उनले कोफी कौडोको पासमा विशोङ्गले उत्कृष्ट भलि गोल गरेका थिए । थपिएको समयको पहिलो मिनेटमा मनाङले बराबरी गोल गर्न सफल भयो ।

मनाङका लागि सुमित श्रेष्ठले डिबक्स बाहिरबाट गरेको प्रहारले सिँधै जाली चुमेको थियो । त्यसपछि मनाङले केही अवसर पाएता पनि सफल हुन सकेन र खेल अन्तत दुई दुई गोलको बराबरीमा सकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी