ब्लूक्रस त्रैमासिक फुटसलमा पुरुषतर्फ धौलागिरी र महिलातर्फ लोटस टीम प्रथम



काठमाडौं । विगत तीन दशकदेखि स्वास्थ्य सेवामा राष्ट्रलाई नै केही हदसम्म योगदान प्रदान गर्न अग्रसर रही आएको ब्लूक्रस हस्पिटलले शनिबार ब्लूक्रस त्रैमासिक खेल दिवस मनाएको छ ।

करिब १२५ जना वरिष्ठ कन्सल्ट्याण्ट डाक्टर, नर्स, प्यारामेडिकल, ल्याब टेक्निसियन, लगायत विभिन्न विभागमा कार्यरत कर्मचारीहरु संलग्न रहेको पुरुष फुटसल खेलमा धौलागिरी ब्लुक्रस टिमले पहिलो स्थान प्राप्त गरी स्वर्ण पदक तथा माच्छापुच्छ्रे ब्लुक्रस क्रसले दोश्रो स्थान प्राप्त गरी रजत पदक प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै महिलातर्फ लोटस ब्लुक्रस टीम प्रमथा तथा हिमचुली ब्लुक्रस टीम दोस्रो भएको छ । त्यसैगरी महिलातर्फ म्यान अफ द म्याच ३ गोलसहित मनिषा चित्रकार र पुरुषतर्फ म्यान अफ द म्याच डा. विवेक डंगोल भएका छन् ।

त्रैमासिक खेल दिवस डा. खगेन्द्र स्पोर्टस् फाउण्डेशनका संस्थापक अध्यक्ष तथा ब्लू क्रस हस्पिटलका संरक्षक अ.प्रा.प्रा.स.र डा. खगेन्द्र बहादुर श्रेष्ठ तथा ब्लू क्रस हस्पिटलका अध्यक्ष विजयकृष्ण श्रेष्ठबाट संयुक्त रुपमा उद्घाटन गरी प्रारम्भ गरिएको थियो ।

अहोरात्र बिरामीहरुको सेवामा खटिरहने स्वास्थ्यकर्मीहरुलाई समय समयमा खेलमार्फत स्फूर्ति तथा मनोरञ्जनात्मक वातावरण प्रदान गर्न सकेको खण्डमा उनीहरु अझै धेरै मात्रामा स्वास्थ्य तथा प्रोफेशनल तनावबाट मुक्त रही बिरामीहरुको स्वास्थ्य सेवामा अझै धेरै केन्द्रित रहने हस्पिटल सञ्चालक–समितिका सदस्य–सचिव रजतकृष्ण श्रेष्ठले जानकारी दिए ।

खेलबाट शारीरिक तथा मानसिक तन्दुरुस्त हुने कुरामा कुनै दुई मत नै नरहेको हुँदा सम्पूर्ण कर्मचारीहरुको शारीरिक तथा मानसिक तन्दुरुस्तताको लागि समेत त्रैमासिक खेलकुद दिवसको आयोजना गरिएको उनले बताए । खेलबाट कुनै पनि राष्ट्रले विश्व सामुन्ने आफूलाई चिनाउन सकिने र खेल राष्ट्रको तेश्रो खम्बाको रुपमा समेत खडा भइसकेको डा. खगेन्द्र बहादुर श्रेष्ठले प्रष्ट्याए ।

यसैकारण अफ्नो स्पोर्टस् फाउण्डेशनले खेलकुद दिवस आयोजना गर्न प्रोत्साहित गरि आवश्यक प्राविधिक तथा केही आर्थिक सहयोग समेत गरेको उनले बताए । हस्पिटलका निमित्त मेडिकल डाइरेक्टर डा. प्रज्वलमान श्रेष्ठले खेलकुद दिवसको आयोजनाले सम्पूर्ण स्वास्थ्यकर्मी खेलाडीको रुपमा मैदानमा उत्रिन पाउँदा बेग्लै किसिमको उत्साह देखिएको भन्दै यस्ता खेल दिवस अन्य हस्पिटलहरुले समेत अफ्ना स्वास्थ्यकर्मी र कर्मचारीहरुको लागि आयोजना गरि प्रोत्साहन प्रदान गर्नुपर्ने बताए ।

साथै, हस्पिटलका प्रशासनिक तथा वित्तिय निमित्त निर्देशक तथा कार्यकारी व्यवस्थापन समितिका सदस्य श्रीमती सतिदेवी गौतम सिहले यस्तो खेलकुद दिवस आयोजना गर्दा संस्थालाई आर्थिक भार परेपनि खेलकुदबाट प्राप्त हुने सकारात्मक नतिजाले आर्थिक भारको कुनै मान्यता नरहने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी