इन्टरनेशनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप कोरियमा हुने



काठमाडौं ।  कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा इन्टरनेशनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १४ औं संस्करण कोरियाको सोलमा हुने भएको छ । आईओएफटीसीले बिहीबार राधानीमा पत्रकार सम्मेलन गर्दै १४ औं संस्करण कोरियाको सोलमा आयोजना हुने जनाएको हो ।

प्रतियोगिताका संयोजक राजु क्षेत्रीले आगामी वर्ष आयोजना हुने जाकारी दिएका हुन् । प्रतियोगिताको मिति भने तोकिएको छैन । अमेरिकाको पोर्टल्याण्डस्थित आइओएफटीसीले प्रत्येक दुई वर्षमा आयोजना गर्ने इन्टरनेशनल ओपन फ्रेण्डसीप तेक्वान्दो च्याम्पियनसिपको एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर हुँदै आएको छ ।

पोर्टल्याण्डमा पाँच, नेपालमा चार तथा भारत, बेलायत, हङकङ र अमेरिकाकै मिचिगनमा समान एक संस्करणको आयोजना भइसकेको क्षेत्रीले जनकारी गराएका छन् । गत मार्चमा आईओएफटीसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव करेन ब्लाकलेजले सोललाई आयोजनाको जिम्मेवारीस्वरुप आईओएफटिसी झण्डा हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, क्यानाडा, पाकिस्तान,अस्ट्रिया ,भारत, हङकङ, चीन, मेक्सिको लगायतका देशको सहभागिता रहनेछ । आयोजकले प्रतियोगितामा करिब सात सयभन्दा बढी खेलाडीले भाग लिने अपेक्षा गरेको छ ।

प्रतियोगितामा सिनियर पुरुष र महिलाको समान आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष तथा क्याडेटतर्फ समान १० तौल समूह समावेश गरिएको छ ।

पुम्सेमा सिनियर, जुनियर र क्याडेटतर्फ व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक प्रतियोगितामा बोर्ड ब्रेकिड इभेन्ट पनि सामेल गरिनेछ । प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र एक सय ३० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदकको व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी