नेपाल प्रहरीद्वारा क्रिकेट खेलाडीलाई सम्मान



काठमाडौं । नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ ।

प्रहरीले एसिसी प्रिमियर कप २०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई बुधबार प्रहरी प्रधान कार्यालयमा सम्मान गरेको हो ।

उत्कृष्ट खेलाडीलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका हुन् । सम्मानित हुनेमा नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्सन झा छन् ।

सम्मान कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सङ्गठन र राष्ट्रको प्रतिनिधित्व गर्दै हालै सम्पन्न एसिसी प्रिमियर कप, २०२३ मा उत्कृष्ट प्रदर्शन गरेकामा खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरे । राष्ट्र एवं सङ्गठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न उनले शुभकामना दिए ।

एसिसी प्रिमियर कप, २०२३ मा नेपाल प्रहरीका खेलाडीको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्याङ्कन गरेको उनको भनाइ थियो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्तिविकासका लागि सङ्गठन सदैव क्रियाशील रहेको उल्लेख गरे ।

सम्मानित खेलाडीकोतर्फबाट क्रिकेट खेलाडी कुशल भूर्तेलले नेपाल प्रहरी सङ्गठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकामा धेरै गौरव महसुस गरेको बताए। आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत