यु–१६ राष्ट्रिय क्रिकेटमा मधेस र गण्डकी विजयी



धनगढी । धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।

मंगलबार भएको खेलमा जित हात पार्दै मधेसले लगातार दोस्रो जित हात पारेको हो । गण्डकीको जित भने पहिलो हो । स्थानीय फाप्ला मैदानमा मंगलबार भएको खेलमा मधेसले कर्णालीलाई ४९ रनले पराजित गर्यो । अर्को खेलमा गण्डकीले कोशी प्रदेशलाई १२ रनले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको मधेसले सबै विकेट क्षतिमा एक सय २५ रन बनायो । उसका लागि राहन शाहले ३९ रन र चन्दन रायले २७ रन बनाए । कर्णालीका लागि विपिन शर्माले तीन विकेट तथा लक्की बम र दीप पौडेलले दुई/दुई विकेट लिए । प्रतिउत्तरमा कर्णाली प्रदेशले निर्धारित ओभरमा नौ विकेट क्षतिमा ७६ रन मात्रै बनाउन सक्यो । उसका लागि दिपेश रावतले १५ र रोशन शाहीले १३ रन बनाए ।

मधेसका लागि पप्पु यादवले तीन विकेट र रोहन शाहले दुई विकेट लिए । खेलमा दुई विकेट लिएर ३९ रन बनाएका मधेस प्रदेशका राहन शाह ‘प्लेयर अफ द म्याच भए ।

अर्को खेलमा गण्डकीले पहिले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रन बनायो । गण्डकीका लागि रोहित कुँवरले ५१ रनको अर्धशतकीय पारी खेले । रोहित चन्दले ३७ रन बनाए । कोशीका लागि प्रतिक पोखरेल सौजन घिमिरेले तीन÷तीन विकेट र प्रेम कामतले दुई विकेट लिए । प्रतिउत्तरमा कोशीले निर्धारित ओभरमा आठ विकेट क्षतिमा एक सय ५० रन मात्रै बनाउन सक्यो ।

उसका लागि दिपु भुजेल र शिवांश बजगाईँले समान ३५/३५ रन बनाए भने सौजन घिमिरेले २३ रन जोडे । गण्डकीका लागि सिब्रिन श्रेष्ठले चार विकेट र अश्विन थापाले दुई विकेट लिए । चार विकेट लिएका गण्डकीका सिब्रिन श्रेष्ठ खेलको प्लेयर अफ द म्याच भए ।

प्रतियोगिताअन्तर्गत भोलि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका बीच तथा अर्को खेल कोशी प्रदेश र बागमती प्रदेशका बीच हुँदैछ । प्रतियोगितामा देशका सातवटै प्रदेशको क्रिकेट टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन

वेस्ट इन्डिजसँग नेपाल पराजित

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको

चर्च ब्वाइज युनाइटेडलाई भोजपुर गोल्डकपको उपाधि

भोजपुर । सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले

विश्वप्रसिद्ध किक बक्सर घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि