यु–१६राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुवात



धनगढी । धनगढीमा आइतबारदेखि सुरु भएको ‘एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री, १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ ।

कप्तान नरेन भट्टको कप्तानीमा रहेको सुदूरपश्चिमले स्थानीय फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ९७ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ३० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनायो । कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । उनी ६६ बलमा ७१ रन बनाएर अविजित रहे ।

सुदूरपश्चिमका लागि रीतिक थापाले १८, रविन भण्डारी र आशिष बलायरले १२/१२ रन तथा युवराज खत्रीले ११ रन बनाए ।

कर्णाली प्रदेशका लागि दीप पौडेल र आदित्य विक्रम शाहले तीन/तीन विकेट लिए । एक सय ४८ रनको विजय लक्ष्य पछ्याएर मैदान उत्रिएको कर्णाली प्रदेशले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ५० रनमा समेटियो ।

उसका लागि आदित्य विक्रम शाहले २० रन बनाए । अन्य खेलाडीले दोहोरो रनको अङ्क बनाउन सकेनन् । सुदूरपश्चिमका भुपेश जोशी, अशोक धामी र सचिन मल्लले तीन/तीन विकेट लिए । विक्रम साउँदले एक विकेट लिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम प्रदेशका कप्तान नरेन भट्ट ‘म्यान अफ दी म्याच’ घोषित भई  दुई हजारसहित ट्रफीबाट पुरस्कृत भए । प्रतियोगिताअन्तर्गत सोमबार लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच तथा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएको थियो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताका विजेताले दुई लाख र उपविजेताले एक लाख पुरस्कार दिइने आयोजकले जनाएको छ ।

‘म्यान अफ दी सिरिज’ले १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही १० हजार तथा ‘प्लेयर अफ दी म्याच’ले दुई हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ