प्रधानसेनापति ट्रफी १६ वाहिनी र जगदल गणलाई



काठमाडौं । नेपाली सेनाको १६ नं वाहिनी र जगदल गणले ‘प्रधानसेनापति ट्रफी–२०७९’ जितेको छ । सैनिक मुख्यालयमा आइतबार आयोजित समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विजेता वाहिनी र गणलाई तीन लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

सेनाले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगीता यस पटक गत चैत २७ गते सुरु भएको थियो । प्रतियोगितामा एथेलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी गरी नौ विधाका खेल समावेश थिए ।

प्रतियोगिताअन्तर्गत सैनिक मुख्यालयको खेलमैदानमा जग दल गण र श्रीमेहर गणबीच आज भएको फुटबल खेलमा शून्यको विरुद्ध एक गोलले जगदल गण विजयी भई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा श्रीमेहर गण दोस्रो र देवीदत्त गण तेस्रो घोषित भयो । दोस्रो र तेस्रो हुने गणलाई बलाध्यक्ष रथी सरोजप्रताप राणा र सीताराम खड्काले क्रमशः ४० हजार र २० हजार नगद, प्रमाणपत्र प्रदान गरे । प्रतियोगीतामा उत्कृष्ट गोल किपर जगदल गणका सञ्जय बराल र सर्वाेत्कृष्ट खेलाडी सोही गणका सनी लामा घोषित भए ।

प्रतिभाशाली खेलाडीको पहिचान गरी खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले विसं २०६५ देखि यो प्रतियोगिता गरिँदै आएको छ । पछिल्लो समय ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण साबित भएको छ ।

समारोहमा विभिन्न खेल विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गौरवमय पहिचान कायम गर्न सफल खेलाडीलाई पूर्वप्रधानसेनापतिद्वय गौरवशम्सेर राणा र राजेन्द्र क्षत्रीले पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत आर्चरी पूर्वी पृतना, ऐथेलेटिक्स र सुटिङमा १६ नम्बर वाहिनी अड्डा, तेक्वान्दोमा उपत्यका पृतना, पौडीतर्फ विशेष फौज वाहिनी, भलिबलतर्फ मध्यपूर्वी पृतना प्रथम घोषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ