रियलसँग सेल्टा २–० ले पराजित



काठमाडौं। रियल म्याड्रिडले स्पेनिल ला लिगाको उपाधि जित्ने सम्भावनालाई बढाएको छ । सेल्टा डि भिगोमाथि सहज जित हात पार्दै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरीसमेत छोट्याएको छ । रियलले घरेलु मैदानमा सेल्टालाई २–० ले पराजित गर्दै बार्सिलोनासँगको दुरी छोटाएको हो ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले बार्सिलोनासँगको ८ अंक छोट्याउन सफल भएको छ, बार्सिलोनासँग ७३ अंक छ । रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको ४२औं मिनेटमा रियलका मार्को एसेन्सियोको गोल गरे । र, पहिलो हाफ १–० को स्थितिमा रहन पुग्यो ।

यसैगरी दोस्रो हाफको सुरुवाती अर्थात ४८औं मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियलको अग्रता २–० को स्थीतिमा रहन पुग्यो । त्यसपछि कुनै नतिजा निस्कन सकेन र खेल २–० मा टुंगियो । यस जीतसँगै रियलले ३० खेलबाट ६५ अंक बटुलेको छ भने पराजित सेल्टा ३६ अंक जोडेर १२औं स्थानमा सीमित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ