ए डिभिजन लिगमा खुमलटारको जित



काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत खुमलटारले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले मनाङ मर्स्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरेका थिए ।

त्यस्तै मनाङका कोफी टिमोथी कुडोले एक गोल फर्काएका थिए । खेलको ६१औं मिनेटमा कुडोले पेनाल्टी मिस गरेपछि मनाङले हार बेहोरेको थियो । यो जितपछि खुमलटारको ११ खेलमा १३ अंक भएको छ । त्यस्तै मनाङको भने जारी सिजनमा यो चौथो हार हो । यो खेलपछि मनाङको ११ खेलमा १५ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ