नेपालद्वारा ओमानसामु ३११ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । एसीसी प्रिमियर लिगमा ओमानलाई नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरका ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो । नेपालले अहिलेसम्मकै विशाल रन बनाएको हो । अहिलेसम्म नेपालले विपक्षीलाई सर्वाधिक २९७ रनको लक्ष्य दिएको थियो ।

कुशल मल्लले नेपालका लागि १०८ रनको शतकीय पारी खेलेका छन् । त्यस्तै नेपालका सोमपाल कामीले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा नौ चौकाको मद्दतले अविजित ६३ रन बनाए । त्यस्तै करण केसीले १५ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित २९ रन बनाए । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेटट लिँदा विलाल खान, कलिमउल्ला, फायाज बट, अकिव इलियास र जतिन्दर सिंहले एक एक विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय