नेपालद्वारा ओमानसामु ३११ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । एसीसी प्रिमियर लिगमा ओमानलाई नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरका ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो । नेपालले अहिलेसम्मकै विशाल रन बनाएको हो । अहिलेसम्म नेपालले विपक्षीलाई सर्वाधिक २९७ रनको लक्ष्य दिएको थियो ।

कुशल मल्लले नेपालका लागि १०८ रनको शतकीय पारी खेलेका छन् । त्यस्तै नेपालका सोमपाल कामीले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा नौ चौकाको मद्दतले अविजित ६३ रन बनाए । त्यस्तै करण केसीले १५ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित २९ रन बनाए । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेटट लिँदा विलाल खान, कलिमउल्ला, फायाज बट, अकिव इलियास र जतिन्दर सिंहले एक एक विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष पक्राउ

पोखरा । प्रहरीले पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साललाई पक्राउ गरेको छ

वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी

  विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट

मानव बेचबिखन मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त कुवेतबाट पक्राउ

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार

गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ क्यालिफोर्निया जाने

  काठमाडौँ । गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ अमेरिकाको