ओमानसँगको खेलमा कुशलको कीर्तिमानी शतक



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्लले एसीसी प्रिमियर कप क्रिकेटमा ओमानसँगको खेलमा कीर्तिमानी शतक बनाएका छन् । कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्कासहित शतक बनाए । कुशल ६४ बलमा १ सय ८ रनमा आउट भए । उनको यो कुनै पनि अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो ।

उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले यसअघि सन् २०२२ मा पपुवा न्युगिनीसँगको खेलमा कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका हुन् । यसअघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ