युनाइटेड युरोपा लिगमा सेभियासँग पराजित



काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ ।  क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलबाट बाहिरिएको छ ।

रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलको ८ औं मिनेटमा न्यास्रीको गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।

इभान राकिटिचको पासमा ४७औं मिनेटमा लोइक बेडले गोल गर्दै सेभियाको अग्रतालाई दोब्बर पारिदिए । पहिलो हाफमा खेल २–० को अवस्थामा पुग्यो ।   त्यसपछि ८१औं मिनेटमा न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल  गरे । जुन गोलले सेभियालाई ३–० को जित दिलाएर सेमिफाइनलमा लग्यो भने म्यान्चेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ