हिमालयन शेर्पालाई पराजित गर्दै थ्रीस्टार विजयी



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । थ्रीस्टारको जितमा लाकेन लिम्बूले निर्णायक गोल गरे । उनले खेलको १४औँ मिनेटमा गरेको एक गोल नै थ्रीस्टारका लागि निर्णायक गोल सावित भयो ।

त्यस्तै खेलको ४८औँ मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा गोल गर्न सकेनन् । थ्रीस्टारका पिटर सगुनले अबायोमीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयन शेर्पाले पेनाल्टी पाएको थियो जसको सदुपयोग गर्न सकेन ।

यस जितसँगै थ्रीस्टारले १० खेलमा १८ अङ्क जोडेर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान १० खेल नै खेलेको हिमालयन शेर्पा नौ अङ्क जोडेर अङ्कतालिकाको १३औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ