एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाको पहिलो जित



काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । यसजितसँगै दुई खेल खेलेको मलेसियालले दुई अङ्क जोडेको छ ।

साउदी अरेबियाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । आजको खेलमा साउदी अरेबियाले प्रस्तुत गरेको १५४ रनको लक्ष्य मलेसियाले २१ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

मलेसियाका मोहम्मद अमिर र वीरनदीप सिंहले अर्धशतकीय पारी खेले । अमिरले ४४ बलमा १२ चौकाको मद्दतमा सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै वीरनदीप सिंहले ५३ बलमा ८ चौकाको मद्दतमा ५१ बनाए । मलेसियाका अर्का खेलाडी सैयद अजिजले अविजित ३४ रन जोडे । साउदी अरेबियाको लागि जइन उल अबिदीनले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योफगल बनाएको थियो । साउदीका लागि हसिब घफोरले सर्वाधिक ४० रनको योगदान दिए भने अब्दुल वाहिदले ३६ रन बनाए । त्यसैगरी कप्तान हिसम शेखले २७ तथा अतिफ उर रहमानले अविजित १८ रन बनाए ।

बलिङर्फ मलेसियाका खिजर हायातले तीन विकेट लिए भने मोहम्मद वाफिक, रिजवान हैदर र अनवर रहमानले समान दुई÷दुई विकेट लिए । त्यस्तै वीरनदीप सिंहले एक विकेट झारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ