इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा



काठमाडौं । इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरीमा रोकिएको भए पनि इन्टरले समग्रमा दोस्रो लेगमा ५–३ को जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

इन्टर पहिलो लेगमा २–० ले विजयी भएको थियो । खेल सुरु भएको १४औं मिनेटमा निकोला बरेल्ला गोलबाट इन्टरले अग्रता लिन सुरु गरेको थियो तर ३८औं मिनेटमा बेन्फिकाका फ्रेडरिकले गोल फर्काएर खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको ६५औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गरेर इन्टरले २–१ को अग्रताको स्थीतिमा लगिदिए र त्यसको १२ मिनेट पछि अर्थात ७८औं मिनेटमा जोआक्विन कोरेआले गोल गरेपछि इन्टर खेलमा ३–१ को फराकिलो अग्रता कायम गर्न सक्यो । तर, इन्टरले लिएको अग्रता लामो समयसम्म टिक्न सकेन ।

८६औं मिनेटमा एन्टोनियो सिल्भाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याई दिए, त्यसमाथी इन्ज्युरी समयको ५ औंं मिनेटमा पिटर मुसाले थप गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउन सफल भए । तर, पहिलो लेगमा पराजय भएका कारण बेन्फिकाको यात्रा क्वाटरफाइनलमै रोकियो भने पहिलो लेगमा २–० ले विजयी भएकाले इन्टरलाई भने सेमिफाइनलमा जान सजिलो भयो ।

सन् २००९–१० को सिजनमा इन्टरले बायर्न म्युनिखलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । १३ बर्ष पछि इन्टर सेमिफाइनलमा प्रवेश गरे पछि उसले च्याम्पियन हुनका लागि आफनो नयाँ रणनीति बनाउने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ