आर्मीद्वारा मनाङ पराजित



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजनलिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको दोस्रो खेलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै विजयी भएको हो ।

आर्मीको जितमा सुदिल राईले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै आर्मीको लागि निरनायक गोल सवित भयो । जगजितको फ्रिकिकमा मनाङका डिफेन्डर जीवन गुरुङले रोकेपछि आएको रिबाउन्ड बललाई सदुपयोग गर्दै सुदिलले गोल गरेका हुन् ।

यस जितसँगै आर्मीले १० खेलमा १५ अङ्क जोडेको छ । आर्मी चौथो स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको मनाङको १५ अङ्क छ । समान अङ्क भए पनि मनाङको गोलअन्तरको आधारमा पाँचौँ स्थानमा झर्यो ।

यसैगरी आजै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले एफसी खुमलटार क्लबलाई ३–१ गेल अन्तरले पराजित गर्दै विजयी भएको छ । एनआरटीको जितमा सरोज तामाङ, सन्जीव विष्ट र मोहित गुरुङले समान एक एक गोल गरे ।

यता खुमलटारका लागि श्यामु मुर्मुले एक गोल फर्काए । यस जितसँगै १० खेलमा एनआरटीले १० अङ्क जोडेर दशौँ स्थानमा उक्लेको छ । यस्तै समान १० खेल नै खेलेको खुमलटार १० अङ्क जोडेर ११ औँ स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी

  विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट

गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ क्यालिफोर्निया जाने

  काठमाडौँ । गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ अमेरिकाको

वर्षाका कारण स्कटल्यान्ड र नेपालबीचको खेल रोकियो

  काठमाडौँ  ।  आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र

सुदूरपश्चिम यू–१९ क्रिकेटको फाइनलमा

  बैतडी । नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’