सूर्य नेपाल टुर च्याम्पियनसिपमा सद्भाव र सञ्जय शीर्षस्थानमा



काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर सदभाव आचार्य र सञ्जय लामा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। गोकर्ण गल्फ क्लबमा राष्ट्रिय टिमका सदस्य सदभावले दिनकै उत्कृष्ट ६-अन्डर ६६ को कार्ड बनाए। सञ्जयले २-अन्डर ७० को नतिजा निकाले। दुवैले ३६ होलको समाप्तीमा समग्रमा ८-अन्डर १३६ स्कोर बनाउँदै डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे।

नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाशले ५-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाउँदा उनी समग्रमा ७-अन्डर १ सय ३७ सहित तेस्रो स्थानमा उक्लिएका छन्। ४-अन्डर ६८ को कार्ड तयार पारेका निरज तामाङ समग्रमा ३-अन्डर १ सय ४१ को स्कोरमा‌ चौथो स्थानमा उक्लिए। रबि खड्काले १-ओभर ७३ को स्कोर जोड्दा समग्रमा २-अन्डर १ सय ४२ सहित पाँचौं स्थानमा तल झरे। दोस्रो दिन लयमा फर्किएका दाबेदार भुवन नगरकोटीले ४-अन्डर ६८ को प्रदर्शनका साथ समग्रमा १-अन्डर‌ १ सय ४३ सहित छैटौं स्थानमा उक्लिए।

समग्रमा इभन-पार १ सय ४४ सहित सातौं स्थानमा रहने क्रममा कमल तामाङले‌ दोस्रो दिन १-अन्डर ७१ मा खेल सकाए। पोखराका प्रो भुबहादुर गुरूङले ३-ओभर ७५ स्कोर गर्दा समग्रमा १-ओभर १ सय ४५ सहित आठौं स्थानमा रहेका छन्। समग्रमा २-ओभर १ सय ४६ को नतिजामा रमेश अधिकारी र तोरण विक्रम शाहीले संयुक्तरुपमा नवौं‌ स्थान बाँडे। रमेशले १-अन्डर ७१ र तोरणले ३-ओभर ७५ मा दोस्रो दिनको खेल सकाए।

३६ होलको समाप्तीमा १४-ओभर १ सय ५८ स्कोर गर्ने २१ प्रो र आठ एमरच्योर खेलाडीले कट बनाएका छन्। प्रोतर्फ दिनेश प्रजापति, राजेन्द्र श्रेष्ठ प्रधान, शिवराम पौडेल, सुर्यप्रसाद शर्मा, जयराम श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, बलभद्र राई, भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, टंक बहादुर कार्की, रामे मगर, धन बहादुर थापा र दीपक मगरले कट बनाए।

एमरच्योरतर्फ सहभागी नौ मध्ये आठ खेलाडीले कट बनाएका छन्। विजय श्रेष्ठ आइनहाउस, सुरेश तामाङ, वाङ्गचेन ढोन्डुप, टासी छिरिङ, युवराज भुजेल र भरत थापा मगरले अन्तिम दुई राउन्डको लागि स्थान सुरक्षित गरे। सदभावले सुरूवात सानदार गर्दै फ्रन्ट नाइन ७-अन्डर २९ मा सकाए। उनले पहिलो होलमा बर्डी प्रहार गर्दै दिनको सुरूवात गरे। यसपछि तेस्रो देखि सातौं होलसम्म लगातार ५ बर्डीको सफलता प्राप्त गरे। नवौं होलमा पनि एक सट बचाए। फ्रन्ट नाइनमा उम्दा प्रदर्शन गरेका सदभावले ब्याक नाइनमा भने १-ओभर ३७ खेले। उनले १२औं होलमा बर्डी प्रहार गरेपनि १३औं र १५औं होलमा एक-एक सट खेर फाले।

पहिलो दिनका लिडर सञ्जय लामाले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। दोस्रो, चौंथो र पाँचौं होलमा बर्डी प्रहार गरेका उनले तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले। ब्याक नाइनमा सञ्जयले ११औं र १२औं‌ होलमा लगातार दुईवटा इगलको सफलता प्राप्त गरे। तर त्यसपछि उनले लय गुमाउँदै १४औं‌ र १६औं‌ होलमा डबल बोगी खेपे। सञ्जयले १८औं होलमा बर्डी प्रहार गर्दै शीर्ष स्थान बाँडे।

दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबाशले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाउने क्रममा पहिलो र पाँचौ होलमा बर्डी प्रहार गर्दा तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १२औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।

७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र‌ ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी

  विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट

गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ क्यालिफोर्निया जाने

  काठमाडौँ । गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ अमेरिकाको

वर्षाका कारण स्कटल्यान्ड र नेपालबीचको खेल रोकियो

  काठमाडौँ  ।  आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र

सुदूरपश्चिम यू–१९ क्रिकेटको फाइनलमा

  बैतडी । नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’