शेर्पाविरुद्ध फ्रेन्ड्सको ६ गोल



काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब फराकिलो अन्तरले विजयी भएको छ । एन्फा मैदानमा सोमबार भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पा क्लबको पोष्टमा ६ गोल गरेको छ । फ्रेन्ड्सलाई जिताउनका राफिक अमिनुले २ गोल गर्दा अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक एक गोल थपेका थिए ।

जारी सिजनमा फ्रेन्ड्सको यो दोस्रो जित हो भने शेर्पाको चौथो हार हो । फ्रेन्ड्स ८ अंकसहित तालिकाको १२ औं स्थानमा उक्लिएको छ भने शेर्पा ९ अंकका साथ ११ औं स्थानमा छ । यससँगै शहीद स्मारक ए डिभिजन लिगमा नवौं चरणका खेल पनि सकिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने