सोमबारदेखि सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप



काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुदैछ। ७२ होलको प्रतियोगिता भोलिदेखि सुरू भएर बिहिबार सम्म चल्नेछ। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र‌ ८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउँनेछन्। विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

व्यवसायिक गल्फर भुवन नगरकोटी, जयराम श्रेष्ठ, धन थापा, निरज तामाङ, रामे मगर र रवि खड्कालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ। तर यी शीर्ष वरियताका गल्फरहरूले छैटौ प्रतियोगिताका विजेता सदभाव आचार्य र १३औं दक्षिण एसियाली खेलकुद‌ सागका दोहोरो स्वर्ण विजेता सुबाश तामाङको चुनौती पन्छाउनु पर्नेछ। अन्य एमरच्योर गल्फरहरू टासी छिरिङ, वाङचेन ढोन्डुप र विजय श्रेष्ठ आइनहाउसले पनि उत्कृष्ठ प्रदर्शन गर्ने अपेक्षा गरिएको‌ छ।

गोकर्ण गल्फ कल्बले प्रतियोगिताको लागि सबै तयारी पुरा गरेको छ। पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो वर्ष एमेच्योर र प्रोफेसनल गल्फरहरुबीच कडा प्रतिस्पर्धा भैरहेको र यसले नेपाली गल्फ विकासको लागि सहयोग पुग्ने बताए। उनले नेपाली गल्फको विकासमा निरन्तर सहयोग गरेकोमा प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद प्रदान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने