जावलाखेलसँग मनाङ पराजित



काठमाडौं । जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार ललितपुरस्थिित च्यासल मैदानमा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो ।

जावलाखेलको जितमा एनकोटो मासोबीले दुई तथा फोडे फोफानाले एक गोल गरे । खेलको चौथो मिनेटमा नै मासोबीले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दलाएका थिए ।  त्यसपछि खेलको थप गरिएको समयमा जावलाखेलले दुई गोल थप्न सफल भयो ।

खेलको थपिएको दोस्रो मिनेटमा फोडे फोफानाले एक गोल गरे भने चौथो मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो तथा जावलाखेलको लागि तेस्रो गोल गरे । यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने