ओमानसँगको अभ्यास खेलमा नेपालको जित



काठमाडौं । एसीसी प्रिमियर कपको तयारीको रुपमा भएको ओमानसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो ।

नेपालका लागि अर्जुन साउदले ६७, दिपेन्द्रसिंह ऐरीले ५९ र रोहित पौडेलले रिटायर्ट हर्ट हुँदै ५८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले १५, देव खनालले २, कुशल मल्लले ८, सन्दीप जोराले ११ र भीम सार्कीले १ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको ओमानको लागि शोहिब खानले सर्वाधिक ८९ र कश्यप प्रजापतिले ४२ रन बनाए ।

नेपालका किशो महतोले ३ तथा प्रतिश जिसी र सूर्य तामाङले २÷२ विकेट लिए । श्याम ढकाल र कुशल मल्लले १÷१ विकेट लिए । एसीसी प्रिमियर कप अघि नेपालले ओमानसँग अभ्यास खेल खेलेको हो । नेपालले १८ अप्रिलमा मलेसियासँग खेल्दै प्रिमियर कपको शुरुवात गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित