ए डिभिजन लिगमा आर्मीको जित



काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लवले शहिद स्मारक ए डिभिजन लिगको आठौं चरणमा जावलाखेल युथ क्लवलार्ई पराजित गरेको छ । आर्मीले जावलाखेललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा आर्मीका जिलेप्सी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले एक एक गोल गर्दा जावलाखेलका लागि सुनिल खड्काले सान्त्वना गोल गरे । खेलको १७ औं मिनेटमा आर्मीले अग्रता बनाएको थियो । उसका लागि जिलेप्सी जंग कार्कीले गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुग्यो । खेलको ५५ औं मिनेछमा आर्मीले अग्रता दोब्बर बनायो । आर्मीले नवयुग श्रेष्ठको गोलले अग्रता दोब्बर बनाएको हो । खेलको ६२ औं मिनेटमा जावलाखेलले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो ।

जावलाखेलका लागि सुनिल खड्काले गोल गरेका हुन् । खेलको ८० औं मिनेटमा सुदिल राईको गोलले अग्रतालाई ३–१ मा पुर्यायो । त्यसपछि जावलाखेलले थप गोल फर्काउन नसक्दा आर्मीसँग पराजित भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ