वल्भ्ससँग चेल्सी १–० ले पराजित



काठमाडौं । नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेका भएपनि इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय भोग्नु परेको छ । घरेलु टोली वल्भ्ससँग चेल्सीले १–० ले पराजय भोग्नु परेको हो । चेल्सीको पराजयमा वल्भ्सका म्याथिअस नुनेसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

हालै मात्रै अन्तरिम प्रशिक्षकमा रुपमा नियुक्त भएका फ्रान्क लाम्पार्डको उपस्थितिमा भएको पहिलो खेलमा चेल्सीले पराजय भोग्नु परेको हो । गत साता मात्रै लाम्पार्ड प्रशिक्षकमा नियुक्त भएका थिए ।

उनी नियुक्त भएपछि चेल्सीको यो पहिलो खेल हो । यस पराजयसँगै ३० खेलबाटै ३९ अंक जोडेर चेल्सी ११औं स्थानमा रहेको छ भने जितसँगै वल्भ्स ३० खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ