नेपाल भियतनामसँग २–० गोलले पराजित



काठमाडौं । पेरिस ओलम्पिकको पहिलो चरणको छनोटमा नेपाल भियतनामसँग दोस्रो खेलमा पराजित भएको छ । दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भएको छ ।

भियतनामका लागि दुवै गोल फाम हेई ऐनले गरेकी हुन् । नेपालले सुरुवाती ६ मिनेटभित्र नै दुवै गोल खाएको थियो । खेलकोे पाँचौं मिनेटमा नै भियतनामले नेपालविरुद्ध अग्रता बनाएको हो । भियनामले पाएको कर्नरमा फाम हेई ऐनले हेडमार्फत गोल गरिन् । भियतनामले त्यसको अर्को मिनेटमा नै नेपालविरुद्ध दोस्रो गोल गर्न सफल भयो ।

नेपालको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै फाम हेई एनले टोलीका लागि र आफ्नो खेलमा व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसपछि नेपालले भियतनामविरुद्ध केहि गोल गर्ने मौका बनाएको थियो ।

खेलको २८ औं मिनेटमा नेपाली स्ट्राइकर साबित्रा भण्डारीले भियतनामको दुई डिफेन्डरलाई विट गर्दै गरेको प्रहारलाई भियतनामकी गोलरक्षकले बाहिर पठाइदिइन् । त्यस लगत्तै पाएको कर्नरमा सरुको प्रहार भियतनामकी गोलरक्षकले पन्च गरिन् ।

खेलको ३९ औं मिनेटमा सरु लिम्बुको क्रसमा सावित्रा भण्डारीको प्रहार भियतनाकी गोलरक्षकले सजिल्यै बचाइन् ।त्यस्तै पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा केही राम्रो लय समातेको थियो ।

खेलको ६६ औं मिनेटमा दिपा शाहीको प्रहार पोष्टमा लागेर फर्केको थियो । खेलको ८७ औं सरु लिम्बुले डिबक्सभित्र सावित्रा भण्डारीलाई दिएको पासलाई भियतनामका डिफेन्डरले क्लियर गरिदिए । बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ