नेपोली उपाधितर्फ



काठमाडौं । नेपोलीले लेसेलाई २–१ ले पराजित गरेको छ । शुक्रवार भएको खेलमा २–१ ले विजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ ।

शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको सुरुवाती ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल फर्काए पछि पछि खेल बराबरी हुन पुग्यो ।

तर बराबरीको अवस्था लामो समयसम्म भने रहन सकेन । ६४औं मिनेटमा लेसेकै एन्टोनियो गाल्लोले आत्मघाती गोल गरे । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली २–१ को अन्तरले खेल जित्न सफल भयो ।

आइतबार एसी मिलानसँग ४–० ले पराजित नेपोली यस जितपछि २९ खेलबाट ७४ अंक जोडन सफल भएको छ भने नेपोलीले अब लिगका बाँकी ९ मध्ये ४ खेल जितेमा उपाधि पक्का गर्नेछ भने पराजित लेस २७ अंक जोडेर १६औं स्थानमा छ ।

यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ । पछिल्लो पटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको नेपोलीले ३३ वर्षपछि फेरि लिग जित्ने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ