साउदी प्रिमियर लिगमा अल नासरद्वारा अल एडालाहमाथि ५–० को जित



काठमाडौं । अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ । साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टोली अल एडालाहमाथि ५–० को सानदार जित दर्ता गरेको हो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टी सुट आउटवाट गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

दोस्रो हाफको ५५औं मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे भने त्यसपछि निरन्तर अलनासारले गोलको बर्षा बर्षाउन थाल्यो ।  ६६औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए । ७८औं मिनेटमा टालिस्काले पुन अर्को गोल थप पछि अल नासरले ४–० को फराकिलो अग्रता लियो ।

इन्ज्युरी समयमा एमन अहमदले गोल गर्दै अल नासरलाई ५–० फराकिलो अन्तरको जीत दिलाए । यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा  छ भने पराजित अल एडालाह १७ अंक जोडेर १४ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ