ए डिभिजन लिगमा सातदोबाटोलाई हराउदै जावलाखेल शीर्षमा, एनआरटी र चर्च ब्वाइज बराबरी



काठमाडौं । जावलाखेल युथ क्लब शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो ।

जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरेका थिए । त्यस्तै सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए ।

जारी लिगमा जावलाखेलको छैटौं खेलमा चौंथो जित हो भने सातदोबाटोको यो दोस्रो हार हो । यो जितपछि जावलाखेलको ६ खेलमा १३ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

त्यसैगरी सातदोबाटोको ६ खेलमा १२ अंक छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आजै च्यासल मैदानमा भएकोे अर्को खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

च्यासल मैदानमा मंगलबार एनआरटी र चर्च ब्वाइजले २–२ गोलको बराबरी खेलेका हुन् । चर्च ब्वाइजका लागि आशिष चौधरी र कप्तान अनन्त तामाङले एक एक गोल गरेका थिए भने एनआरटीका लागि रोशन खड्गी र सरोज तामाङले एक एक गोल गरेका थिए । यस बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ भने चर्च ब्वाइजको ६ खेलमा १२ अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ