एपीएफ र सङ्कटा विजयी



काठमाडौं । शहीद स्मारक लिग ए डिभिजन फुटबलमा सोमबार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लब विजयी भएका छन् ।

ललितपुरको च्यासलमा भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हरायो । एपीएफका लागि एडम डोम्बिया र सबिन गुरुङले गरे । यो जितसँगै एपीएफ १० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पुलिसको भने यो पाँचौँ हार हो । पुलिस १ अङ्कका साथ पुछारमा छ ।

यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटाले खुमलटार एफसीलाई १–० गोल अन्तरले हराएको छ । सङ्कटाका लागि खेलको २७ औँ मिनेटमा जुनियर अनगुनेले गोल गरे । सङ्कटा ९ अङ्कसहित छैटौँ र खुमलटार ६ अङ्कसहित नवौँ स्थानमा छ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेल आजदेखि सुरु भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ