जहाँ पाँच महिनादेखि खेलकुद मन्त्री छैन, अनि यस्तो देशमा खेलाडीहरु खेल्दाखेल्दै विदेश नगए कुन देश को जान्छ ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि खेलकुद मन्त्रालय मन्त्रीविहीन भएको भन्दै सरकारलाई कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री थ्रि नेशन्स कप विजेता नेपाली टोलीलाई बधाई दिँदै मेयर साहले सरकारले खेल क्षेत्रलाई बेवास्ता गरेको भन्दै कटाक्ष गरेका हुन् । उनले प्रतियोगिता उद्घाटन र मेडल वितरण गर्न हानाथाप गर्ने तर बजेट मन्त्री दिन नसक्ने भन्दै आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘बधाइ छ टिम नेपाल तर भोट माग्दा युवाले देश बनाउन सक्छ भन्ने युवालाई मौका दिनुपर्छ भन्ने । खेलकुदले देशलाई चिनाउँछ भन्ने हरेक खेलकुद प्रतियोगितामा दौडेर उद्घाटन र मेडल बाँड्न जाने, कुनै खेल जित्नासाथ नेताहरु बधाइ दिन हानाथाप गर्ने , आज नयाँ सरकार बनेको छ , कुनै पार्टी युवा तथा खेलकुद मन्त्रालय लिन इच्छुक छैन बजेट सबै भन्दा थोरै भएर हो कि ? अनि खेलाडीले नेपालमा भविष्य कसरी देख्छ जुन देशमा विगत ५ महिनादेखि खेलकुद मन्त्री पाएको छैन । अनि यस्तो देशमा खेलाडीहरु खेल्दा खेल्दै विदेश नगए कुन देश को जान्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर