क्यामरुनको एभिनियर क्लबलाई भोजपुर गोल्डकपको उपाधि



भोजपुर । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ ।

बिहीबार भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टिमलाई पराजित गरेको हो । खेलको निर्धारित समयमा एक र अतिरिक्त समयमा अर्को गोल थप्दै क्यामरुनले घरेलु टिम भोजपुर जिल्ला फुटबल सङ्घलाई २–० गोलले पराजित गरेको हो । क्यामरुनका तर्फबाट नगुइनी र टिम्बाले एक/एक गोल गरेका थिए ।

विजेता भएसँगै क्यामरुनले पाँच लाख पाएको छ भने भोजपुरले तीन लाखसहित उपविजेतामा चित्त बुझाउनुपरेको छ । फाइनल खेलकोे म्यान अफ दि म्याच भोजपुरका खेलाडी धीरज मगर भएका छन् ।

यस्तै खेलको व्यक्तिगत विधातर्फ उदयीमान खेलाडीमा भोजपुरका बिनुप राई, उत्कृष्ट गोलरक्षकमा क्यामरुनका एलिन, उत्कृष्ट रक्षकमा क्यामरुरनका एनसनगोउ, उत्कृष्ट मिडफिल्डर क्यामरुनका नगुइनी, सर्वाधिक गोलकर्ता भोजपुरका सन्तोष तामाङ र क्यामरुनका टिम्बा भएका छन् भने सर्वोत्कृष्ट खेलाडी भोजपुरका विजय भुजेल भएको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका थिए । खेल संयोजक आङपासाङ शेर्पाका अनुसार प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ र बसाहा क्लब उदयपुरले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका