खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ पराजित



धनगढी । धनधनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’ को बिहीबारको खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब थ्रीस्टार क्लबसँग पराजित भएको छ ।

जितसँगै थ्रीस्टार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आयोजकलाई पेनाल्टी सुटआउटमा २–४ गोल गर्दै थ्रीस्टार फाइनल पुगेको हो ।

बिहीबार खेल सुरु भएको ३०औँ मिनेटमा पहेँलो कार्ड पाएका थ्रीस्टारका दिपेश गुरुङ ४४औँ मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनुपरेको थियो ।

दुवै टोलीले पहिलो हाफमा गोल गर्न नसकेर बराबरी खेलेका थिए । त्रियासीऔँ मिनेटमा हेडमार्फत गोल गर्दै थ्रीस्टारलाई विक्रम लामाले टिमलाई अग्रता दिलाए । दोस्रो हाफको खेलमा आयोजक सुदूरपश्चिम–११ का माधव भण्डारीले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

पेनाल्टी सुटआउटमा थ्रीस्टारका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल हुँदा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहारलाई थ्रीस्टारका गोलकिपरले रोकेका थिए । सुदूरपश्चिम–११ का फागुराम थारू र माइकल शाहीको प्रहार भने सफल भएको थियो ।

आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित विक्रम लामा रु १० हजारबाट पुरस्कृत भए । यसअघि बुधबार भएको खेलमा मनाङमर्स्याङ्दीले क्यामरुनको एभिनियर फुटबल क्लबलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । शनिबार थ्रीस्टार र मानङ मर्स्याङ्दीबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई २१ लाख र उपविजेतालाई १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकेश बमको आक्रामक शतक जितका लागि अपर्याप्त, आयरल्याण्ड ए सँग नेपाल पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकमा आयरल्यान्ड ए विरुद्धको पहिलो खेलमा नेपाल ए

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप