सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रवि शीर्षस्थानमा



काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रबि खड्का शीर्षस्थानमा उक्लन सफल भएका छन्। बिहीबार१-अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ३-अन्डर २ सय १ सहित शीर्षस्थानमा उक्लिएका हुन्।

पहिलो दिनका लिडर उनले साविक विजेता भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारेका छन्। १-अन्डर ६७ सहित समग्रमा १-अन्डर २०३ को स्कोरमा भुवन दोस्रो स्थानमा रहे। २-ओभर ७० मा तेस्रो दिनको खेल सकाएका भुवन कुमार रोक्का समग्रमा इभन-पार २ सय ४ सहित तेस्रो स्थानमा छन्।

एमेच्योर खेलाडी सदभाव आचार्यले बिहीबार २-ओभर ७० मा खेल सकाए। समग्रमा १-ओभर २ सय ५ को नतिजामा चौंथो स्थानमा रहे। एमरच्योरतर्फ उनी शीर्षस्थानमा रहेका छन्।

दिनेश प्रजापति समग्रमा २-ओभर २ सय ६ सहित पाँचौं स्थानमा रहे। उनले आज ३-ओभर ७१ मा खेल सकाए। नेपाल नम्बर एक एमरच्योर खेलाडी सुबाश तामाङले खराब प्रदर्शन गर्दै ४-ओभर ७२ मा खेल सकाउँदा समग्रमा ३-ओभर २ सय ७ सहित छैटौं स्थानमा झरे। एमरच्योरतर्फ सुबाश सदभावभन्दा २ स्ट्रोकले पछि परेका छन्।

समग्रमा ६-ओभर २ सय १० स्कोर जोडेका दीपक मगर र धन बहादुर थापाले संयुक्तरुपमा सातौं स्थान बाँडे। दीपकले ७-ओभर ७५ र दोस्रो दिनका लिडर धनले ९-ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरे। यसैगरी जयराम श्रेष्ठ (६७), सञ्जय लामा (७०), शिवराम पौडेल (७२) र एमरच्योर खेलाडी युवराज भुजेल (७२) संयुक्तरुपमा नवौं स्थानमा छन्। उनीहरूले समग्रमा ८-ओभर २ सय १२ स्कोर गरे।

रबिले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। उनले पहिलो र चौंथो होलमा बर्डी प्रहार गर्दा आठौं र नवौं होलमा बोगीको सामना गरे। यसपछि १०औं, १३औं र १७औं होलमा एक-एक सट बचाए। तर ३-पारको १२औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन १-अन्डर ३३ मा सकाए।‌

भुवनले चौथो र आठौं होलमा बर्डी प्रहार गरे। सातौं र नवौं होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। ब्याक नाइन १-अन्डर ३३ मा पुरा गर्ने क्रममा १०औं, १२औं र १४औं होलमा तीन बर्डी प्रहार गरे। यस्तै ११औं र १७औं होलमा एक-एक सट प्रहार गरे।

भुवन कुमार रोक्काले पहिलो होलमा बर्डी प्रहार गर्दा नवौं होलमा बोगीको सामना गर्दै फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। यसपछि दशौं र पन्ध्रौं होलमा एक-एक सट खेर फाले भने १२औं र १६औं होलमा बर्डी प्रहार गरे। तर ४-पारको १८औं होलमा डबल बोगी खेप्दै ब्याक नाइन २-ओभर ३६ मा पुरा गरे।

सदभावले पहिलो होलमा बर्डी प्रहार गरे। नवौं होलमा एक सट खेर फाले र फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए। ब्याक नाइन भने नाटकीय बन्यो। ११औं होलमा एक सट खेर फाल्दा ५-पारको १३औं होलमा इगलको सफलता प्राप्त गरे। तर ३-पारको १५औं होलमा ट्रीपल बोगी खेपे। १७औं होलमा एक सट बचाए पनि १८औं होलमा बोगी प्रहार गरे।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० प्रोफेसनल र ७ एमेच्योर गरी कुल ३७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।
कुल ५ लाख ४५ हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख प्राप्त गर्नेछ। दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात

मोरङ । विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई