नेपाल बंगलादेशसँग बराबरीमा रोकियो


काठमाडौं । नेपालको यू–१७ महिला टोली साफ च्याम्पियनसिप फुटबलमा घरेलु टोली बंगलादेशसँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिन पुग्यो ।

आठौं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । एक गोलले पछि परेपनि लगातार नेपालमाथि दबाब बनाएको बंगलादेशले ७५ औं मिनेटमा बराबरी गोल गरेको थियो ।

बंगलादेशका लागि सागोरिकाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । बराबरीपछि नेपाल ४ खेलबाट ४ अंक जोडेर चौंथो स्थानमा रह्यो । बंगलादेशले ४ खेलमा ७ अंक जोडेको छ ।