ललितपुर मेयर्सलाई पराजित गर्दै ललितपुर मेयर कपमा मधेस प्रदेश विजयी



काठमाडौं । मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो ।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो।

मधेसका लागि सरस्वती कुमारीले अविजित ३२, एलिसा यादवले १६ र सीमा कँवरले १५ रन बनाइन् । बलिङतर्फ ललितपुर मेयर्सकी सोनी पाख्रीन र कृतिका मरासैनीले दुई दुई तथा अश्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक एक विकेट लिइन् ।

यसअघि ब्याटिङ गर्दै ललितपुर मेयर्सका लागि सोनी पाख्रीनले ३४, लक्ष्मी चौधरीले २३ तथा सृष्टी जैसीले १५ रन बनाइन् । बलिङतर्फ मधेसका लागि सरस्वती कुमारीले दुई तथा कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक एक विकेट लिइन् ।

जितसँगै मधेस प्रदेश अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर मेयर्स जितबिहीन रहँदै अङ्क तालिकाको पुछारमा छ ।

ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ