मुम्बई इण्डियन्सलाई पहिलो वुमन्स प्रिमियर लिगको उपाधि



काठमाडौँ । पहिलो वुमन्स प्रिमियर लिगको उपाधि मुम्बई इण्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै पहिलो सिजनको वुमन्स प्रिमियर लिगको उपाधि जितेको हो ।

दिल्लीले दिएको १३२ रनको लक्ष्य पछाएको मुम्बईले १९.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

मुम्बईको जितमा नाट स्किभर ब्रन्टले अविजित ६० रन बनाएकी थिइन् भने कप्तान हर्मनप्रित कौरले ३७ रन बनाएकी थिइन् ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १३१ रन बनाएको थियो ।

पहिलो सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई र दिल्लीसहित युपी वारियर्स, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात जाइन्ट गरी पाँच टिमले भाग लिएका थिए ।

दिल्ली समुहमा शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको थियो भने दोस्रो स्थानमा रहेको मुम्बईले तेस्रो स्थानमा रहेको युपीसँग इलिमिनेटर जितेर फाइनलमा पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ