बायर्न म्युनिखका मुख्य प्रशिक्षक नागेल्समन बर्खास्त



जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक युलियन नागेल्समन बर्खास्तीमा परेका छन् । पछिल्लोपटक बायर लेभरकुसेनसँग २–१ ले पराजित भएको खेलमा ३५ वर्षीय नागेल्समनले बायर्नको प्रशिक्षण गरेका थिए । लेभरकुसेनसँग पराजित भएपछि बायर्नले शीर्ष स्थान गुमाएको थियो भने बोरुसिया डर्टमन्ड शीर्ष स्थानमा उक्लिन पाएको थियो ।

नागेल्समनले सन् २०२१ देखी बायर्नको प्रशिक्षण सम्हाल्दै आएका थिए । उनको प्रशिक्षणमा बायर्नले गत सिजनको बुन्डेस लिगाको उपाधि जितेको थियो भने त्यो बायर्नले उपाधि जितेको लगातार १०औँपटक थियो ।

बायर्नले अब आउँदो अप्रिल १ मा डर्टमन्डविरुद्ध खेल्दैछ भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भने बायर्नले म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।  युलियनको बर्खास्ती पछि बायर्नमा अब थोमस टुचेलले प्रशिक्षणको जिम्मेवारी पाउने सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ