भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ हुने



भैरहवा । शनिबार भैरहवामा इण्डो–नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङको आयोजनामा हुने खेलमा तीन जना नेपाली बक्सर भिड्ने आयोजकको भनाइ छ ।

भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा हुने प्रतियोगितामा सात वटा खेल खेलाइने छ । युनाइटेड प्रोफेसनल बक्सिङका अनिलमान रोयका अनुसार फिदरवेट विधामा नेपाली बक्सर सुजन र भारतीय बक्सर विनयको बक्सिङ हुनेछ ।

यस्तै फ्लाइवेटअन्तर्गत नेपाली बक्सर लक्ष्मण र भारतीय बक्सर शुभम भिड्ने छन् । सुपर मिडलवेटअन्र्तगत भारतीय बक्सर कुलदीप र नेपाली बक्सर मनोज भिड्ने छन् ।

यसबाहेक वेल्टरवेटअन्र्तगत भारतीय बक्सरहरु आरभ र गौरव, अनुज र सुमित तथा राहुल र सुरेश भिड्दै छन् । सुपर फेदरवेटअन्र्तगत भारतीय बक्सर उमेश र बरुन लड्ने छन् ।

नेपालको काठमाडाँैलगायतका सहरमा बक्सिङ प्रतियोगिता भए पनि भैरहवामा इण्डो–नेपाल बक्सिङ प्रतियोगिता पहिलो पटक आयोजना हुन थालेको युनाइटेड प्रोफेसनल बक्सिङका आदित्य ओबरायले बताए ।

“भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, होटलहरुको उपलब्धतालगायतको सुविधालाई ध्यानमा राख्दै प्रतियोगिता यहाँ आयोजना गर्ने निर्णय गरेका हौँ”, ओबरायले भने, “आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई यहाँ निरन्तरता दिने सोच बनाएका छौँ ।”

टाइगर प्यालेस रिसोर्टमा हुने प्रतियोगिताको प्रवेश शुल्क दुई हजार रुपैयाँ राखिएको छ । प्रतियोगिता करिब तीन सय भन्दाबढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । उक्त शुल्कमा पुल पार्टी, डिजे, बक्सिङलगायतको अवलोकन गर्न सकिनेछ ।

भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङले भारतमा ७० भन्दा बढी कार्यक्रम गरिसकेको र नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा हुने

  बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण

गण्डकी । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा गण्डकी प्रदेशका

भारतद्वारा बङ्गलादेश पराजित

काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई

पहिलो खेलमै नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु