क्रिकेटका मुख्य प्रशिक्षक देसाईको मासिक पारिश्रमिक १२ हजार डलर



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक वृद्धि गरेको छ । क्यानले दुई हजार डलरले वृद्धि गर्दै देसाईको पारिश्रमिक १२ हजार अमेरिकी डलर पुर्याइएको हो ।

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्याएमा तलब वृद्धि गर्ने यसअघिको सम्झौताअनुसार उनको पारिश्रमिक वृद्धि गरिएको क्यानले जनाएको छ ।

उनको प्रशिक्षणमा हालै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउँदै आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ