तिलोत्तमा गोल्डकपमा पुलिसलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा



बुटवल । चारपटकको उपाधि विजेता नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ ।

बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको मंगलबारको खेलमा पाँचौ पटक उपाधि दावी गर्दै आएको नेपाल पुलिसको १ गोल विरुद्ध मनाङ मस्र्याङ्दीले २ गोल गरेपछि पुलिस सेमिफाइनलमै पुग्न सकेन ।

अहिलेसम्म उपाधि उचाल्न नपाएको मनाङ मस्र्याङ्दीले सेमिफाइनलको यात्रा तय गरेको छ । खेल अवधीभर फ्रि किकको लागि पाएका आधा दर्जन भन्दाबढी अवसरलाई सदुपयोग गर्न सकेन भने सूरुदेखि नै पुलिसलाई दवावमा राखेको मनाङ मस्र्याङ्दीले पहिलो हाफको ३२ मिनेटमा गोल गर्दै आफ्नो पक्षमा खाता खोलेको थियो। मनाङका लागि पहिलो गोल प्रशन्न श्रेष्ठले गरेका थिए ।

पहिलो हाफको अतिरिक्त समयको दुई मिनेटमा चेतन थारुले गोल गर्दै खेललाई दुई शून्यमा पुर्याएका थिए। थारुले रिवाउन्ड सटमा हानेको बलले जाली चुमेपछि नेपाल पुलिस स्तब्ध बन्यो ।

पहिलो हाफ दुई शून्यमा सकिएकोमा दोश्रो हाफमा पुलिसले सान्त्वना एक गोल फर्कायो । दोश्रो हाफको १६ मिनेटमा पुलिसका बुद्ध बहादुर तामाङले १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बलले जाली चुमाएका थिए ।

मनाङ मस्र्याङ्दीले भने अहिलेसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेको छैन। पहिलो चरणमा पुलिसलाई पराजित गरेको मनाङ मस्र्याङ्दीले सेमिफाइनलमा बिहीबार फ्रेन्ड्स क्लबको सामना गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय

वीर गणेशमान सिंह क्रिकेटमा गण्डकी विजयी

  काठमाडौँ  ।  गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा कोशी प्रदेशलाई

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता