राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितको सम्मान



नवलपरासी । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले मंगलबार सम्मान गरेको छ ।

पौडेललाई गृह जिल्लामा स्वागतसहित एक कार्यक्रम आयोजना गरी हौसलास्वरूप नगद ५१ हजार र प्रमाणपत्रसहित नगरपालिकाले सम्मान गरेको हो । नगरपालिकाले उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिङ्गो राष्ट्रसहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएकामा बर्दघाट–१४ निवासी पौडेललाईसम्मान गरेको हो ।

कार्यक्रममा कप्तान पौडेलले आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन अहोरात्र खटिने बताए । मातृभूमिमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको उनले बताए ।

गृह जिल्ला आइपुगेका पौडेललाई पश्चिम नवलपरासीमा रहेका विभिन्न सङ्घ÷संस्था र स्थानीय तहले स्वागतसहित सम्मान गरेका छन् । नगरपालिका, जेसिज, खेलकुद विकास समिति, लायन्स क्लबलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी सम्मान गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका