जियानी इन्फान्टिनो फिफा अध्यक्षमा पुनः निर्वाचित



अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । बिहीबार भएको फिफाको महाधिवेशनले उनलाई सन् २०२७ सम्मका लागि पुनः चयन गरेको हो ।

फिफाको विधानअनुसार अध्यक्षको अधिकतम तीन कार्यकाल हुन्छ । हरेक कार्यकाल चार वर्षको हुन्छ तर उनले गत डिसेम्बरमा आफ्नो पहिलो तीन वर्षको कार्यकाललाई पूर्णकार्यकालका रूपमा गणना गर्न नहुने तर्क गर्दै सन् २०३१ सम्म पदमा रहनसक्ने बताएका छन् ।

गत वर्ष विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने सिलसिलामा कतारले प्रवासी कामदार, महिला र अल्पसङ्ख्यकका अधिकार रक्षामा बेवास्ता गरेको उनीहरूमाथि असल व्यवहार नगरेको आलोचनाको डटेर प्रतिरक्षा गरेका इन्फान्टिनोले महिला तथा पुरुष विश्वकप फुटबल प्रतियोगिताको विस्तारका साथै फिफाको आय वृद्धिमा उल्लेखनीय योगदान गरेका छन् ।

इन्फान्टिनो नेतृत्वको फिफाले सन् २०२६ मा पुरुष विश्वकप प्रतियोगिता संयुक्त राज्य अमेरिकामा आयोजना गर्नेछ ।

यसअघि ३२ टोलीले स्पर्धा गरेको विश्वकपमा अब ४८ समूहले प्रतिस्पर्धा गर्नेछन् । यो वर्षको अन्त्यमा अष्ट्रेलिया र न्युजिल्याण्डमा पहिलोपटक महिला विश्वकप फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा ३२ टोली भिड्ने छन् ।

इन्फान्टिनो नेतृत्वको फिफाले अघिल्लो कार्यकालमा करिब पाँच अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो भने अबको चार वर्षमा त्यसलाई ११ अर्ब डलर पुर्याउने लक्ष्य निर्धारण गरेको छ ।

भ्रष्टाचारमा मुछिएपछि पदमुक्त भएका फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरका उत्तराधिकारी ५२ वर्षीय इन्फान्टिनो सन् २०१६मा फिफा अध्यक्ष भएका थिए । फिफा अध्यक्षका रूपमा अब उनले तेस्रो कार्यकाल विश्व फुटबलको उन्नयनमा बिताउने छन् ।

अध्यक्ष इन्फान्टिनोले फिफालाई विश्वसनीय, भरपर्दो, आधुनिक, व्यावसायिक एवम् जवाफदेही सङ्गठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्गठन सुधार तथा फुटबलका प्रमुख प्रतियोगिताहरूमा विश्वव्यापी सहभागिता बढाउने तथा फुटबलको विकासमा लगानी अभिवृद्धि गर्ने प्रण पनि उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ