काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको निर्णायक खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ । दीपेन्द्र सिंह ऐरीले यूएईका ब्याट्सम्यान रोहन मुस्तफालाई एलबी डब्ल्यू धरापमा पारेका हुन्। मुस्तफा ३२ बलमा २० रन बनाएर आउट भए।
यस क्रममा उनले तीन चौका प्रहार गरे। योसँगै ऐरीले २ विकेट लिएका छन् । यसअघि पनि ऐरीले यूएईका ब्याट्सम्यान आयान खानलाई गुल्सन झाको हातबाट क्याच गराएका थिए।
यस्तै रिजवान सीपी रनआउट भएका थिए भने क्याप्टेन मोहम्मद वासिमलाई सन्दीप लामिछानेले एलबीडब्लु धरापमा पारेका थिए । शुरूवाती विकेटका रूपमा ललित राजवंशीले आर्यन लाक्रालाई बोल्ड गरेका थिए ।

प्रतिक्रिया