युएईविरुद्ध नेपाल बलिङ गर्दै



काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम शृंखलामा युएईविरुद्ध नेपाल खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेर बलिङको निम्ता पाएको छ । करण केसीलाई बेन्चमा राखेर गुल्शन झालाई खेलाईएको छ ।

नेपाल, युएई र पुवा न्युगिनी पीएनजीसम्मिलत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले अहिलेसम्म ३ खेलमा जित निकालेको छ भने समग्रमा पछिल्ला ११ खेलमा १० जित निकालेको छ ।

नेपाल आज पनि युएईविरुद्ध जित निकाल्दै सिरिज क्लिनस्वीप गर्ने लक्ष्यमा रहने छ । आज युएईलाई पराजित गर्दै स्पष्ट २ अंक लिँदै आईसीसी विश्वकप लिग टूमा सहभागी सात टिम मध्य तेस्रो स्थानमा रहँदै जिम्बाबेमा विश्वकप छनोट खेल्न जाने छ । आज युएईसँग पराजित भएमा भने नेपाल नामेवियामा हुने प्ले अफ खेल्नु पर्ने छ । प्लेअफका शीर्ष २ टिमले जिम्बाबेमा विश्वकप छनोट खेल्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ