ए डिभिजन लिगमा एपीएफले आर्मीलाई हरायो



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । बुधबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा एपीएफले आर्मीलाई १–० गोल अन्तरले हराएको हो । एपीएफका लागि खेलको ३७ औँ मिनेटमा मणि लामाले गोल गरे ।

यो जितसँगै एपीएफले ४ खेलबाट ७ अङ्क जोडेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको आर्मीको ४ खेलबाट ५ अङ्क छ । यस सिजनको ’ए’ डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ ।

यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ