एकदिवसीय क्रिकेटमा नेपाल बरियतामा तीन स्थान माथि उक्लियो



काठमाडौं । नेपालले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार राती सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथी उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।

जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथी अर्थात १५ औं स्थानमा छ । नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा छ भने  अस्ट्रेलिया दोस्रो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ